काठमाडौं । चितवनको लङ्खुका स्थानीयवासी नवीन सापकोटाले रोजगारीदेखि अन्य कामका लागि अष्ट्रेलिया गएका नेपाली नागरिकलाई आवश्यक पर्ने सरकारीदेखि अन्य व्यक्तिगत काम समाधानका लागि एक सोसल एप ‘भेट्छ एप’ मार्फत जानकारी दिने गरेका छन् ।
करिब दुई वर्षदेखि अष्ट्रेलिया, मेलबनमा आइटी सम्बन्धि काम गर्दै आएका सापकोटा लगायतले ‘भेट्छ एप’ निर्माण गरी नेपालबाट त्यहाँ गएका नागरिकलाई आवश्यक पर्ने बसाई, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अत्यावश्यक विषयमा उक्त सोसल एप ‘भेट्छ एप’ मार्फत जानकारी दिने गरेको बताए ।
उनी भन्छन्, “विदेशमा गएका नेपाली युवा युवतीहरुलाई कुलतबाट छुटाउनेदेखि सामाजिक क्षेत्रमा काम गर्ने र विदेशमा गएका नेपाली युवालाई सहयोग गर्नका लागि यस एपले महत्वपूर्ण काम गर्ने गरेको । एपमा कहाँ के छ बुझन अनि फेसबुक जस्तै समस्याहरु समाधानका लागि पोष्ट गर्न मिल्नेछ ।”
अष्ट्रेलिया सरकारद्धारा मान्यता प्राप्त एप भएकाले यसबाट कसैले पनि दुःख नपाउने सापकोटाले दाबी गरे । उनका अनुसार हाल एपमा ४ हजार प्रयोगकर्ता रहेका छन् । मेलबनमा १९ मार्च २०२५ मा पूर्वउपसभामुख एवं नेपालका लागि अष्ट्रेलियाका राजदुत चित्रलेखा यादव तथा शेष घलेले एपको उद्घाटन गरेका थिए ।
एपमार्फत कोठा खोज्ने, यात्रा गर्ने, सवारी चालक लाइसेन्स लिने लगायत थुप्रै कामबारे जानकारी लिन र दिन सकिने भएकाले अष्ट्रेलिया गएर अप्ठेरोमा परेका नेपाली नागरिकले एपमार्फत आफुलाई आवश्यक पर्ने सम्पूर्ण चिजको बारेमा हातैमा जानकारी लिन सकिने सापकोटा बताउँछन् ।
उनी भन्छन्, “दैनिक जीवनमा आवश्यक सबै सूचना एकै ठाउँमा भेट्न सकिने गरी एउटा एप बनाउने निर्णय अनुसार अष्ट्रेलियामै पढेर नेपालमा आइटी क्षेत्रमा काम गरिरहेका निराजन कँडेल र अमेरिकामा रहेका आशिष पङ्गेनीसँग कुरा गरेर हामीले यो एप बनाएका हौँ । तीन महिनाअघि ‘भेट्छ एप’ निर्माण गरी प्रयोगमा ल्यायौँ, अहिले सबैलाई सहज भएको छ ।”

आफुहरु अष्ट्रेलियामा गएको समयमा त्यहाँको बारेमा जानकारी नपाउँदा समस्यामा परेपछि उनीहरुले उक्त एप खोलेको बताइएको छ । नवीनले यसको मार्केटिङसँगै अस्ट्रेलियामा हुने कामको सबै पक्ष हेर्ने गरेका उनले बताए । अमेरिकामा रहेका आशिष कम्प्युटर इञ्जिनियर र नेपालमा रहेका निराजन आइटी इञ्जिनियर गरी तीनै जनाले जिम्मेवारी बाँडफाँट गरेका छन् ।
हाल भेट्छ एप अमेरिकामा र अस्ट्रेलियामा सुरू भएको छ । चाँडै क्यानडा, बेलायत र न्युजिल्यान्ड पु¥याउने गरी काम भइरहेको सञ्चालकको भनाइ छ । आगामी दुई वर्षभित्र नेपालीहरूको सङ्ख्या धेरै रहेका अधिकांश देशमा विस्तार गर्ने उनीहरुको लक्ष्य रहेको छ ।
यो एपलाई हरेक नेपालीले आफूलाई आवश्यक र आफ्नो जिज्ञासाको सूचनाको स्रोत बनाऊन् भन्ने आफ्नोे लक्ष्य रहेको नवीन बताउँछन् । उनका अनुसार ‘भेट्छ एप’ मा नेपालीलाई चाहिने सबै महत्त्वपूर्ण सूचनाहरू राखिएको र अस्ट्रेलियामा हुने सबै खालका गतिविधिको जानकारी पनि राखिन्छ ।







Comments are closed.