रामपुर (पाल्पा) । पालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधी रामपुर नगरपालिकाले हात पारेको छ । पाल्पाको माथागढी गाउँपालिकामा सञ्चालन भएको प्रतियोगिताको उपाधी जित्दै रामपुरले नगद रु एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
फाइनल खेलमा माथागढीको समूह ‘ए’ लाई पराजित गर्दै रामपुरले प्रतियोगिताको उपाधि जितेको हो । रामपुरले आयोजक समूह माथागढीलाई १–० गोल अन्तरले हराएको छ । रामपुरका खेलाडी गौरब क्षेत्रीले प्रहार गरेको बल गोलमा परिणत भएसंगै उक्त गोल खेलको निर्णायक गोल बन्न पुग्यो ।
प्रतियोगितामा ६ समूहको सहभागिता रहेकामा तिनाउ गाउँपालिकाले तृतीय स्थान ओगट्न सफल भएको छ । प्रतियोगितामा उपविजेता माथागढीले नगद रु ७५ हजार र तृत्तीय तिनाउले रु ५० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
माथागढी गाउँपालिकाको आयोजनामा गत शुक्रबार देखि सराई खेलमैदानमा भएको फुटबल प्रतियोगितामा विजयी समूहलाई जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, माथागढी गाउँपालिकाका अध्यक्ष यम चिदी, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका हुन् ।
Comments are closed.