काठमाडौं । अन्तर्राष्ट्रिय मानव संसाधन दिवसको अवसर पारेर मानव संसाधन समाजले पैदल र्याली आयोजना गरेको छ । “HumanifyAI Leading HR Together: Leading in a New Way. Leading in a Digital World” भन्ने नाराका साथ नेपालमा दोश्रो पटक विश्व मानव संसाधन दिवसको अवसर पारेर र्याली निकालिएको हो ।
पैदल र्याली के एल दुगड गु्रप अफिस चारखालबाट सुरु भई बागबजार चोक, स्टार मल, सिटि सेन्टर हुँदै पुनः के एल दुगड गु्रप अफिस चारखाल आएर सामान्य कोणसभा गरी समापन भएको छ । अन्तर्राष्ट्रिय मानव संसाधन दिवसको उत्सव मनाउनु र विभिन्न संस्थाका मानव संसाधन पेशागतलाई एकतृत गरी मानव संसाधन समुदायमा एकता र उत्साह बढाउनु र्यालीको उद्धेश्य रहेको छ ।
संगठनात्मक सफलतामा मानव संसाधनलाई डिजिटल वोल्र्ड सङ जोड्ने महत्त्वपूर्ण भूमिकालाई मान्यता दिन यो कार्यक्रमले महत्वपूर्ण कदमको रूपमा लिइएको छ । मानव संसाधन क्षेत्रमा काम गरिरहेका विज्ञहरुले अन्तर्राष्ट्रिय मानव संसाधन दिवसका रुपमा मे २० तारिकलाई हरेक बर्ष विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदै आइरहेका छन् ।
नेपालमा २० मे २०२५ मा १०० भन्दा बढी संघ संस्थाका मानव संसाधन विज्ञहरुको उपस्थितिमा मानव संसाधन समाज नेपालले दोश्रो पटक अन्तर्राष्ट्रिय मानव संसाधन दिवस मनाएको छ ।
Comments are closed.