‘घुम्तीगोठमा भेडापालन’ बाट आत्मनिर्भर

म्याग्दी (बेनी) । म्याग्दीको रघुगंगागाउँपालिका– ७ चिमखोलाकायुवा टिका पुन वैदेशिक रोजगार छाडेर पुर्खाहरुको पेसा ‘घुम्तीगोठमा भेडापालन’ गरेर आत्मनिर्भर बनेका छन् ।

रोजगारको सिलसिलामा कतारमा दुई बर्ष काम गरेपछि घर फर्किएका ४१ वर्षीय पुनले आफ्नै गाउँमा भेडापालन गर्ने निधो गरेर कतारको रोजगारीलाई त्यागेका हुन् । उनी भन्छन्,‘‘मरुभूमिको देशमाकाम अनुसारको कमाइ त थियो, खाडी मुलुकमा बगाउने पसिना आफ्नै गाउँका वनजंगल, पाखाबारी र डाँडाकाँडामा बगाउने अठोट गरेर फर्किएको थिए, भेडापालनबाट अहिले घरखर्च चलाउन सजिलो भएको छ, खाडीको रोजगारी भन्दाआफ्नै भेडीगोठको कमाईबाट सन्तुष्ट छु ।’’

पुनले विगत १४ बर्षदेखि घुम्तीगोठमा भेडापालन गर्दै आएका छन् । उनलाई भेडीगोठमा उनकै छोरा प्रतिक पुनले सहयोग गरेका छन् । विद्यालयतहको अध्ययन सकेर प्रतिक पनि आफ्नो बुबाले अंगालेको भेडापालन पेसामा लागेका हुन् । गाउँमा परम्परागत रुपमा हुँदै आएको घुम्ती गोठको भेडापालन हराएर जाने अवस्थामा पुगेपनि पुनका बाबु छोराले भेडापालनको पेसालाई जोगाएका छन् ।

सुरुआतमा रु ६ लाखलगानीमा १५० वडा भेडाखरिद गरेर घुम्तीगोठ सुरु गरेका पुनको भेडिगोठमा अहिले ३०० भेडा छन् । बर्षमा ७० वटासम्म भेडा, साँड, खसी विक्रिहुने गरेको पुन बताउँछन् । वनजंगल र बुकीका जडिबुटीयुक्त चरन क्षेत्रमा पालन गरिने भेडा, साँड र खसीको माग अत्यधिक हुने भएकाले विक्रिका लागि बजारको अभाब हुँदैन ।

खासगरी विभिन्न थानहरुमा भाकल पूजाको लागि साँड र बोकाहरुको माग धेरै हुने गर्छ भने दशैँ, तिहारलगायतका ठूला चाडपर्व र विवाह, ब्रतबन्धलगायतका संस्कारजन्य कार्यहरुका लागि खसी र भेडा खरिद गर्न उपभोक्ताहरु गोठमै आउने गरेको पुनले बताए । भेडापालनलाई व्यवसायिक र व्यवस्थितगर्न पुनले भेडापालन फर्म नै दर्ता गरेका छन् ।

भेडापालनमा लागेको बर्षौ भएपनिअहिलेसम्म राज्यबाट कुनै सुविधानपाएको पुनको गुनासो छ । बार्षिक रुपमा फर्मबाट सरकारलाई कर तिर्दै आएपनि आफ्नो भेडिगोठलाई कुनै पनि सरकारी निकायबाट अनुदान र सहयोग प्राप्त नभएको उनी बताउँछन् ।

परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने भेडापालनलाई व्यवस्थित गराउन भेडापालक कृषकहरुले वनजंगलमा घुम्ती गोठको टहरा बनाउन माग गर्दै आएका छन् । भेडीगोठका किसान र हेरालुहरुलाई हिउँदको हिमपात र बर्षातमा लेकाली क्षेत्रका बुकीमा त्रिपाल र भकारीको छाप्रोमुनी कष्टकर तवरले बस्नुपर्ने बाध्यता रहेको छ ।

अस्थायी टहरा नहुँदा भेडाहरुलाई खुलाआकासमा राख्नुपर्दा बर्षा, हिमपात र चिसोको कारण ठूलो संख्यामा भेडाहरु मर्ने र आर्थिक क्षतिव्यहोर्नु पर्ने बाध्यता रहेको भेडापालक किसानहरु बताउँछन् । पछिल्लो समय घुम्तीगोठको भेडापालन हराएर जानथालेको छ ।

चिमखोलागाउँमा टिका पुनसंगै जगत पुन र रत्न पुनले समेत घुम्ती गोठको परम्परागत भेडापालनलाई निरन्तरता दिदै आएका छन् । घुम्ती गोठका भेडालाई जेठदेखि लेकाली क्षेत्रमा लैजाने गरिन्छ भने असोज लागेपछि फेदी र बेँसीमागोठ झार्ने गरिन्छ ।

You might also like

Comments are closed.