महिलालाई स्वरोजगार बनाउन सौन्दर्य सीप विकास तालिम सुरु

काठमाडौं । काठमाडौं महानगरपालिका–१२ मा १५ दिने सौन्दर्य सीप विकास तालिम सुरु भएको छ । महिला सीप विकास जागरण समाजको आयोजना र बागमती प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय, भैंसेपाटी, ललितपुरको सहकार्यमा तालिम सुरु भएको हो ।

महिलालाई सीपयुक्त बनाउँदै आत्मनिर्भर बनाउने र उनीहरूलाई स्वरोजगार तथा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्न सहयोग पु¥याउने उद्धेश्यले तालिम आयोजना गरिएको हो । तालिममा सहभागी महिलालाई सौन्दर्य कला, हेयर स्टाइल र मेकअप सम्बन्धी सीप सिकाइनेछ । सभापति हुमा भट्टराईको अध्यक्षतामा सुरु भएको तालिममा ३० जना महिला सहभागी छन् ।

तालिम उद्घाटनका अवसरमा वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जनले महिलाको समग्र सशक्तिकरणको लागि वडाले यस्ता कार्यक्रमलाई पूर्ण समर्थन गर्ने बताए । महिला सीप विकास जागरण समाजकी अध्यक्ष अनिता ठकुरीले तालिम समाजको दीर्घकालीन अभियानको थालनी भएको बताउँदै आगामी दिनमा अन्य वडामा यस्ता तालिमहरू निरन्तर रूपमा सञ्चालन गरिने बताइन् ।

 

 

 

You might also like

Comments are closed.