बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको फुटसल प्रतियोगिता सम्पन्न

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आफ्ना व्यवसायी बीच नवौं आन्तरिक फुटसल प्रतियोगिता आयोजना गरेको छ ।

लिगको आधारमा खेलाइएको यस फुटसल प्रतियोगितामा पाँच टिम सहभागी रहेकोमा अतिश गुरूङको टिम प्रथम हुँदै नगद १८ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको गर्यो भने सुशील श्रेष्ठको टिम द्वितीय हुँदै नगद १२ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त र अनुशासित टिमको उपाधि गणेश कुँवरको टिमले नगद ५ हजार प्राप्त गरेको छ ।

कास्की जिल्ला खेलकुद समितिका अध्यक्ष मिलन गुरूङले खेल खेल्नु मनोरञ्जन मात्र नभएर स्वास्थलाई पनि राम्रो हुने भएकोले आगामी दिनमा केही समय खेलकुदको लागि समय व्यवस्थापन मिलाउन व्यवसायी साथीलाई अनुरोध गरेका छन् । गुरूङले आगामी दिनमा एशोसियसन र जिल्ला खेलकुद विकास समिति संगै मिलेर कार्यक्रम गर्नेुपर्ने बताए ।

कर्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा उच्च स्तरीय समन्वय समितीका संयोजक केशवबहादुर खत्रीले बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले व्यवसायी बीच आत्मियता बढोस् भनेर बिगतका वर्षमा झै यो वर्ष पनि आफ्ना व्यवसायी बीच आन्तरिक फुटसल प्रतियोगिता आयोजना गरिएको बताए ।

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एशोसियसनका महासचिव राजु केसी र उपाध्यक्ष बुद्धिबहादुर कुवँरले स्वागत गरेका हुन् ।

You might also like

Comments are closed.