क्यानडास्थित क्यालगरी शहरमा सगरमाथा दिवस विशेष कार्यक्रम

क्यानडा । क्यानडास्थित क्यालगरी शहरमा २८ मे २०२५ का दिन सगरमाथा दिवस विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ ।
अल्बर्टा नेपाल चेम्बर अफ कमर्स को मुख्य संयोजकत्व र क्यालगरीस्थित नेपाली सामुदायिक संस्था एनसीएससी एवं गैर आवासीय नेपाली संघ क्यानडाको संयोजनमा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि डेभ रोड़्नी तथा मिग्मा तेन्जी शेर्पा रहेका हुन् । दुई पटक सगरमाथा आरोहण गरिसकेका रोड़्नी अल्बर्टा नेपाल चेम्बर अफ कमर्सका विशेष सल्लाहकार समेत हुन् । रोड्नी अल्बर्टा प्रान्तको पटक–पटक निर्वाचित सांसद र प्रान्तीय मन्त्री समेत भएर काम गरेका छन् ।

नेपालस्थित यी तिनै संस्था तथा निकाय र अल्बर्टा नेपाल चेम्बर अफ कमर्स बीच सहकार्यका लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेर नेपालको पर्यटन प्रवद्र्धन कार्यमा सहकार्यको शुरुवात भइसकेको जनाइएको छ । चेम्बरका अध्यक्ष समीर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव किरण खरेलले गरेका हुन् ।

एनसीएसीका अध्यक्ष प्रकाश बस्याल, गैर आवासीय नेपाली संघका अध्यक्ष माधव दुलाल, नेपाली मेला २०२५ का संयोजक श्रीकान्त अर्यालले आफ्ना भनाइ राखेका छन् । चेम्बरका उपाध्यक्ष दिवस ढकालले नेपालस्थित हिमालय क्षेत्र र विशेषगरी सगरमाथाको ऐतिहासिक महत्वका बारेमा सहजिकरण गरेको कार्यक्रममा सहभागी पाहुनालाई सञ्चालक ध्रुब राइले खादा ओढाएर सम्मान गरेका हुन् ।

कार्यक्रमको प्राविधिक संयोजन चेम्बरका सञ्चालक बिक्रम अधिकारी, व्यवस्थापनको जिम्मेवारी कोषाध्यक्ष अनन्त आचार्यले बहन गरेको कार्यक्रममा सहभागीलाई धन्यवाद एनसीएससीका सचिव घनेन्द्र न्यौपानेले दिएका थिए ।

You might also like

Comments are closed.