नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन

काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा प्रमाण पत्र वितरण गरिएको छ । गत वैशाख १८ गते सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशन एवम् छैँठौ साधारण सभाबाट नवनिर्वाचित कार्यसमितिलाई क्लासिक भेन्यु सानेपा, ललितपुरमा एक कार्यक्रम आयोजना गरी पदीय जिम्मेवारी हस्तान्तरण तथा प्रमाण पत्र प्रदान गरिएको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले प्रमाण पत्र हस्तान्तरण गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन् । मन्त्री अधिकारीले मजदुर हकहितको क्षेत्रमा महासंघले संस्थागत रुपमा काम गर्नुपर्ने बताउँदै त्यसको लागि आफू र आफ्नो मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

काठमाडौंमा भएको तेस्रो राष्ट्रिय महाधिवेशन एवम् छैँठौ साधारण सभाबाट अध्यक्षमा उमाकान्त शर्मा, वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा, तृतीय उपाध्यक्षमा जयबहादुर साउद, महासचिवमा मेजर शमशेर कुँवर ‘महेश’, उपमहासचिवमा यादवलाल श्रेष्ठ, सचिवमा निश्चल पोखरेल, शेरबहादुर कुवर, कोषाध्यक्षमा खिन्त बहादुर भण्डारी (भरत) र सह–कोषाध्यक्षमा दानबहादुर बोगटी निर्वाचित भएका छन् । महाधिवेशनले प्रदेशतर्फ बागमती प्रदेश प्रमुखमा प्रभुराम श्रेष्ठ, गण्डकी प्रमुखमा अमृत घिमिरे, लुम्बिनी प्रदेश संयोजकमा चक्रपाणि शर्मा, कर्णाली संयोजकमा बलबहादुर शाही, सुदूरपश्चिम प्रदेश प्रमुखमा लोकबहादुर बलायर रहेका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा डिल्लीबहादुर डाँगी, ऐनबहादुर राउत, भरतबहादुर शाह, बमबहादुर खड्का, लक्ष्मण साउद, कमलप्रसाद श्रेष्ठ, दानसिंह बठैला, भीमसेन क्षेत्री (भिम केसी), बामदेव पौडेल, धरसमान तामाङ, दिनेश सापकोटा, बालकृष्ण कोइराला, राजेशकुमार गुप्ता, श्रीदेव कापरी, सुरेश गौतम, भोजकुमार श्रेष्ठ, श्रीबहादुर कुँवर, दिपक पाण्डे, खड्गबहादुर कार्की, निलबहादुर श्रेष्ठ, पंकज अधिकारी, रामचन्द्र प्रधनाङग, अरुण शर्मा, संजिव देउजा, वसन्तकुमार श्रेष्ठ, शालिग्राम श्रेष्ठ, खेमराज आचार्य, प्रकाश गौतम, सञ्जीव कार्की र लक्ष्मण बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् । निबर्तमान अध्यक्ष प्रेमलाल श्रेष्ठ पदेन सदस्य रहने व्यवस्था छ ।

You might also like

Comments are closed.