पर्यटन बोर्डद्वारा पर्यटकका लागि निःशुल्क शटल सेवा सञ्चालन

काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटकको सहजताका लागि निःशुल्क शटल बस सेवा सञ्चालनमा ल्याएको छ ।

देशका विभिन्न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हड्ताल र यातायात सेवा अवरुद्ध भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिरदेखि काठमाडौंका प्रमुख होटलसम्म आउने पर्यटकलाई निःशुल्क यात्राको सुविधा उपलब्ध गराइएको हो

पर्यटकको आगमन सहज र स्वागतयोग्य बनाउने उद्देश्यले सुरु गरिएको यो सेवाबाट विमानस्थलको आगमन क्षेत्रमै नेपाल पर्यटन बोर्डका प्रतिनिधिले यात्रुलाई जानकारी र सहयोग प्रदान गरिरहेका छन् । बोर्डले आगामी दिनमा पनि यस्ता सहज, व्यवस्थित र पर्यटकमैत्री सेवाहरू
थप विस्तार गर्दै जाने जनाएको छ ।

नेपाल पर्यटन बोर्डले यो पहल स्वदेश आउने पर्यटकलाई स्वागतजनक अनुभूति दिन र उनीहरूको पहिलो यात्रालाई सहज बनाउनका लागि सुरु गरेको बताइएको छ । पर्यटनले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा हजारौँ श्रमिकको रोजगारी सुनिश्चित गरेको छ, जसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको जनाइएको छ ।

You might also like

Comments are closed.