ललितपुरको जावलाखेलमा जुत्तामेला जारी

ललितपुर । ललितपुरको जावलाखेलमा जुत्तामेला चलिरहेको छ । जावलाखेल चोकबाट एकान्तकुनातर्फ भाइनेट बिल्डिङको अगाडि स्टाफ कजेलसंगै पार्किङ चौरमा जुत्ता चप्पल मेला आयोजना गरिएको हो ।

मेलामा नेपालको उत्कृष्ट कम्पनीहरुको सहकार्य रहेको बताएको छ । हजारौं डिजाइन तथा मोडलका जुत्ता चप्पल बिक्रीका लागि राखिएको छ । परिवारका सबै सदस्यका लागि मध्यनजर गर्दै मेला आयोजना गरिएको आयोजक दिवाकर गिरीले जानकारी दिए ।

मेला अवधीभर सुपथ मूल्यमा नेपाली उत्पादनका विभिन्न ब्राण्डका जुत्ता उपलब्ध हुनेछन् । नेपाली उत्पादनका सामग्रीलाई प्रवद्र्धन गर्न मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.