कोहलपुर । सामुदायिक स्तरमा रहेर कोहलपुर नगरपालिकालाई सरसफाईयुक्त पालिका बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने सरसफाईकर्मी चन्द्रकला विकलाई सरसफाई हिरो सम्मान प्रदान गरिएको छ ।
कोहलपुर नगरपालिका–८ बस्ने चन्द्रकला विकलाई विश्व वातावरण दिवसको अवसरमानगरपालिका, बास नेपाल संवद्र्धन परियोजना लगायतको आयोजनामा एक कार्यक्रम गरी नगद रु. ५ हजार र साथमा सम्मान पत्रले सम्मान गरिएको हो ।
नगर प्रमुख पूर्णप्रसाद आचार्य, लुम्बिनी प्रदेशका पूर्वमन्त्री धर्मराज चौधरी, बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले सरसफाईकर्मी विकलाई सम्मान गरेका हुन् । विकले सामुदायिक स्तरमा रहेर कोहलपुर नगरपालिकालाई सरसफाईयुक्त पालिका बनाउनका लागि लामो समय देखि ईमान्दारितापूर्वक उच्च प्रतिबद्धताका साथ काम गर्दै आएको हुँला उनको योगदानलाई कदर गर्दै सम्मान गरिएको बताइएको छ ।
तीन वर्ष देखि ज्यालादारीमा कोहलपुर नगरपालिकामा कार्यरत विकले १५ वटै वडामा काम गर्दै आएकीछिन् । २०७२ सालमा रोजगारीको शिलशिलामा भारतमा श्रीमान दुर्घटनामा परेर हात काट्नु परेकाले जीवन निर्वाह गर्न गाह्रो भएपछि वडाध्यक्ष लालबहादुर रानाको सिफारिसमा विकले नगरपालिकामा काम गर्दै आएकी हुन् ।
Comments are closed.