ठूलो आवाजमा मोटरसाइकल चलाउनेलाई कारबाही गरिने

काठमाडौं । ठूलो आवाजमा मोटर साइकल चलाउने चालकलाई कारबाही गरिने भएको छ । चर्को आवाज निकाल्ने र स्वरूप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकमाथि ट्राफिक प्रहरीले कारबाही गर्नेछ ।

पछिल्लो ३ दिनमा मात्रै ठूलो आवाज निकाल्ने, होहल्ला गर्दै हिँड्ने, मोडिफाइ गर्ने लगायत ७६ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

यही जेठ २० गतेदेखि २२ गतेसम्म ट्राफिकले चलाएको विशेष अभियानका क्रममा ७६ वटा मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिई कारबाहीको लागि यातायात व्यवस्था विभागमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

यदि आफ्नो टोलमा पनि कसैले ठूलो आवाजसहित मोटरसाइकल चलाएको देखेमा ट्राफिक प्रहरीको हटलाइन १०३ र नेपाल प्रहरीको १०० नम्बर मा जानकारी गराइदिन ट्राफिक प्रहरी कार्यालय अनुरोध गरेको छ ।

सूचना दिनेको व्यक्तिको विवरण गोप्य राखिने प्रहरीले जनाएको छ । ठूलो आवाज निकाल्ने र मोडिफाइ गरेर सवारी चलाउनेलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम १ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

You might also like

Comments are closed.