काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा छैठौँ राष्ट्रिय मह मेला २०८२ सञ्चालन भएको छ।
यहाँ बिहिवारबाट मेला सुरु भएको हो । विहान १० बजेदखि साँझ ६ बजेसम्म मेलामा पुगेर मह अवलोकन तथा खरिद गर्न सकिनेछ । महको प्रवर्द्वन र बजारीकरणका लागि मेला आयोजना गरिएका हो । मेला शनिवारसम्म चल्नेछ ।
यहाँ चलेको मेलाको नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले अवलोकन गर्दै महको व्यवसायीकरणमा जोड दिनुपर्ने बताएका छन् ।
Comments are closed.