काठमाडौं । त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं ४८) एयर ट्रेडमा जोडिने भएको छ । अत्याधुनिक नयाँ टीएमएस सञ्चालक कम्पनी डीजीहबले ल्याएको एयर ट्रेडमा त्रिशक्ति सेक्युरिटिजले आफ्नो टीएमएसलाई जोड्ने भएकोको हो ।
यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तर्गतको वाईकोले सञ्चालन गर्दै आएको टीएमएसमा रहेको त्रिशक्ति सेक्युरिटिजले आगामी हप्तादेखि डीजीहबको एयर ट्रेड अन्तर्गत आफ्नो कारोबार गर्नेछ । त्रिशक्ति सेक्युरिटिजले नेप्से अन्तर्गत वाईकोको टीएमएससँग आफ्नो सम्झौता रद्द गरी आगामी हप्तादेखि आफ्ना ग्राहकलाई डीजीहबको टीएमएस अन्तर्गत कारोबार गराउन लागेको जानकारी दिएको हो ।
हाल त्रिशक्ति सेक्युरिटिजमा करिव २ लाख लगानीकर्ताले टीएमएस खोली सेयर कारोबार गर्दै आएका छन् । आगामी हप्तादेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउनेछन् ।
जसमा लगानीकर्ताले वेव, डेक्सटप, मोबाइल एपलगायत भर्सनबाट सेयर कारोबार गर्न सक्नेछन् । यस टीएमएसमार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो, लाईभ डाटाल गायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गर्न सक्नेछन् । टीएमएसमा पारदर्शिता, सिस्टमको सुरक्षा, डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतालाई समेत विशेष प्राथमिकता दिइएको छ ।
मोबाईल भर्सन, वेब भर्सन, डेस्कटप भर्सन रहेको नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका बिशेषताहरु हुन् । अन्य अपरेसनल बिशेषतामा सेयर बिक्री गर्ने बित्तिकै सोही बराबरको रकमले सेयर खरिद गर्न सकिने र त्यसको लागि ब्रोकरलाई भनी राख्नु नपर्ने, आफ्नो लेजर ब्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाइने, एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने, अर्डर बास्केट र आफुले चाहेको सेयरमा अलेर्ट राख्न सकिनेछ ।
त्यस्तैगरी रियल टाईममा खरिद बिक्री को अलेर्ट प्राप्त गर्न सकिने, सजिलो र छिटो अर्डर राख्न सकिने, आफ्नो चहे अनुसार जती पनि सेयरको मर्केट डेप्थ हेर्न पाइने, लिंक एण्ड डक फिचर्स, मल्टी विन्डो फिचर्स, मल्टी एक्सचेन्ज फिचर्स भएको र सेयर खरिद बिक्री पश्चात्को हिसाबकिताब र अरु रिपोर्ट हेर्नको लागि क्लाइन्ट लगिनको व्यवस्था भएको छ ।
Comments are closed.