काठमाडौं । बैंकर डा. बुद्धि मल्लको ‘सपना साकार हुन्छन्’ (संघर्ष र सफलताको कथा) पुस्तक छिट्टै नै बजारमा आउने भएको छ । लेखक मल्लले पहिलो पुस्तक ‘सफलता सम्भव छ’ पछि दोस्रो पुस्तक ल्याउने तयारी गरेका हुन् ।
यस पुस्तकमा नेतृत्वका विभिन्न विषयमा लेखिएका लेखहरु समावेश गरी पाठकको उत्प्रेरणा जगाउने प्रयास गरेको लेखक डा. मल्लले बताए । शिखा बुक्स प्रालिको प्रकाशनमा आउन लागेको पुस्तक ‘सपना साकार हुन्छन्’ मा विभिन्न विधाका ४८ वटा लेखहरु समावेश गरिएका छन् ।
पाठकले आफूलाई समय अनुकुलतामा कुनै एउटा वा दुईवटा लेखहरु पढ्दै पुस्तक पढेर सकिनेछ । लेखकको सान्दर्भिकता जहिल्यै पनि रहने र उत्प्रेरणाको खाँचो जुनसुकै उमेरको व्यक्तिलाई रहने भएकाले यो सबैको लागि उपयुक्त हुनेछ ।
सबै उमेर समूहका लागि यसले एउटा उत्प्रेरणाको स्रोतको रुपमा भूमिका खेल्न सक्ने लेखक डा. मल्लको विश्वास रहेको छ ।
Comments are closed.