११ महिनामा १० खर्ब २७ अर्ब राजस्व सङ्कलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा रु १० खर्ब २७ अर्ब राजस्व सङ्कलन भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८२ असार ३१ गतेसम्म सङ्कलित राजस्व गत वर्षको सोही अवधिको भन्दा रु ८८ अर्ब बढी हो ।

गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ सङ्कलन भएको थियो । अहिले सङ्कलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत हो । चालु वर्षको जेठ महिनासम्मको लक्ष्य रु १२ खर्ब ३४ अर्ब थियो ।

चालु आर्थिक वर्षको जेठ महिनामा रु ९४ अर्ब २ करोड राजस्व सङ्कलन भएको छ । गत वर्षको जेठ महिनामा रु ८५ अर्ब ११ करोड राजस्व सङ्कलन भएको थियो ।

You might also like

Comments are closed.