रामपुर (पाल्पा) । रामपुरका संस्थागत विद्यालयका विद्यार्थीलाई निःशुल्क चश्मा उपलब्ध गराइएको छ । कालीगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर किसानबारीले रामपुर नगरपालिका र सेवा फाउण्डेशनको आर्थिक सहयोगमा संस्थागत विद्यालयका विद्यार्थीलाई चश्मा सहयोग गरेको हो ।
रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय र भुपु सैनिक राईजिङ ईङ्गलिस बोर्डिङ स्कुलका एक सय १८ जना विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरिएको सर्जिकल सेन्टरका व्यवस्थापक सुन्दर रानाले जानकारी दिए ।
“निजि विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा स्वास्थ्यका लागि सञ्चालन गरिएको दृष्टि दोष भएका विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको छ, उनीहरुको गत वैशाख २१ गते देखि २८ गतेसम्म विद्यालयमै पुगेर आँखा जाँच गरिएको र दृष्टि दोष भएका विद्यार्थीलाई चश्मा वितरण गरिएको छ” उनले भने ।
सामुदायिक विद्यालयका लागि विभिन्न सरकारी बजेट आएपनि संस्थागत विद्यालयका लागि नआउने भएकाले विद्यार्थीको स्वास्थ्य सुबिधालाई दृष्टिगत गर्दै निःशुल्क आँखा जाँच तथा चश्मा वितरण गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । मानिसको सबैभन्दा संवेदनशील अंग आँखा भएकाले यसको सुरक्षा र हेरचाहमा ध्यान दिन विद्यार्थीलाई नगर प्रमुख थापाको आग्रह छ ।
Comments are closed.