काठमाडौं । अब ललितपुर महानगरपालिका भित्र विद्युतीय सवारी साधन (ईभी) चढ्नेले सम्पत्ति करमा ५ प्रतिशत छुट पाउने भएका छन् ।
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा विद्युतीय सवारी साधन (ईभी) चढ्नेले सम्पत्ति करमा ५ प्रतिशत छुट पाउने घोषणा गरिएको छ ।
‘विद्युतीय सवारी साधन प्रयोग गर्ने ललितपुरबासीले सम्पत्ति कर छुट मागेमा सम्पत्ति करमा ५ प्रतिशत छुट दिइने छ,’ महानगरको बजेट वक्तव्यमा भनिएको छ ।
त्यस्तै, महानगरपालिकाले निजी क्षेत्रबाट सार्वजनिक सुविधाका लागि पार्किङ व्यवस्थापन सम्बन्धमा उपयुक्त प्रस्ताव आएमा नक्सा पासमा सहजीकरण र दस्तुरमा छुट दिने भएको छ ।




Comments are closed.