रामजानकी अटो बर्दिबास माइलेज च्याम्पियन सम्पन्न

महोत्तरी । रामजानकी अटो बर्दिबासले बिर्ता फुटबल मैदान गौशालामा माइलेज च्याम्पियन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

मोटरसाइकलको माइलेज प्रतिष्पर्धामा कुल ६५ सहभागीले आ–आफ्नो दक्षता प्रस्तुत गरेका छन् । यस प्रतिष्पर्धामा चन्देश्वर सिंहले ८९ किलोमिटरको उत्कृष्ट माइलेज हासिल गरी विजेता बन्न सफल भए ।

शत्रुधन महतो ८३ किलोमिटर माइलजेसहित पहिलो उपविजेता बने भने ८० किलोमिटर माइलेजसहित दोस्रो उपविजेताको उपाधि गोपाल महतोले प्राप्त गरे ।

कार्यक्रमले मोटरसाइकल प्रयोगकर्तामा इन्धनको उचित उपयोग र माइलेज वृद्धि गर्ने प्रविधि र सीपप्रति रुचि बढाएको आयोजकले जनाएका छन् ।

कार्यक्रममा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ । रामजानकी अटो बर्दिबासले आगामी दिनमा पनि यस्ता प्रेरणादायक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.