फोटोग्राफर सघं गण्डकीको संस्थागत विस्तार अभियान

तुलसीराम सुवेदी/पोखरा । गण्डकी प्रदेशका क्रियाशील फोटोग्राफरको साझा संस्था फोटोग्राफर संघ गण्डकीले आफ्नो संस्थागत विस्तार अभियान अन्तर्गत गोर्खा जिल्लामा विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा गोर्खाका अग्रज फोटोग्राफर रामप्रसाद भट्टको अध्यक्षतामा नयाँ जिल्ला समिति चयन गरिएको छ । कार्यक्रमका प्रमुख वक्ताका रूपमा फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायणबहादुर केसीले गोर्खा जिल्ला समितिको गठन सँगै संघले पूर्णता पाएको बताउँदै अब सबै मिलेर फोटोग्राफरको हकहित र व्यावसायिक सशक्तिकरणको पक्षमा आवाज उठाउने प्रतिबद्धता जनाए ।

फोटोग्राफर संघ गण्डकीका संस्थापक अध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघ नेपालका उपाध्यक्ष दुर्गाप्रसाद पौडेलले व्यावसायिक एकता र संस्थाको आवश्यकताका बारेमा प्रकाश पारेका छन् । संस्थाका बरिष्ठ उपाध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघ नेपालका कोषाध्यक्ष तुलसीराम सुबेदीले संघको वैधानिक पक्ष, संरचना र स्थानीय देखि केन्द्रसम्मको सहकार्यको महत्वबारे जानकारी दिए ।

कार्यक्रममा पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्तबहादुर तामाङ, पर्वत फोटोग्राफर संघका अध्यक्ष विजय शर्मा जैसी, तनहुँ फोटोग्राफर संघका अध्यक्ष आलोक कुमाल, नवलपुर फोटोग्राफर संघका अध्यक्ष कुशल अधिकारी, स्याङ्जा र बागलुङ जिल्लाका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो । सहभागी जिल्ला अध्यक्ष र प्रदेश प्रतिनिधिले नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रकट गरे ।

कार्यक्रममा फोटोग्राफर संघ गण्डकीका महासचिवले प्रेमप्रसाद पराजुलीले फोटोग्राफर संघ गण्डकीलाई प्राप्त गोर्खा जिल्ला समितिको प्रस्तावित नामावली प्रस्तुत गरे । सो प्रस्तावित नामावलीलाई सर्वसम्मत पारित गरिएको छ । नवगठित गोर्खा समितिको अध्यक्षमा रामप्रसाद भट्ट, उपाध्यक्षमा सबिन केसी, सचिवमा सुकबहादुर नेपाली, सह–सचिवमा पारस बोगटी, कोषाध्यक्षमा गणेश श्रेष्ठ, सदस्यहरूमा सम्भु श्रेष्ठ, सजिन थापा, प्रमिला आले, सञ्जीत श्रीमल रहेका छन् ।

कार्यक्रमको सञ्चालन सचिव सुकबहादुर नेपालीले स्वागत उपाध्यक्ष सबिन केसीले राखेका छन् । नवगठित समितिलाई गण्डकी फोटोग्राफर संघका अध्यक्ष नारायणबहादुर केसीले खाँदा लगाई सम्मान गरेका हुन् । त्यसअघि गोर्खाको बारर्पाकमा फोटोग्राफर संघ गण्डकीको अन्तर्क्रिया सहितको कार्यक्रम सम्पन्न भएको हो ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.