काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय र नेपाली सेनाको सैनिक सङ्ग्रहालयको आइतबार अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी सङ्ग्रहालय अवलोकन गर्न गएका हुन् ।
राष्ट्रपति पौडेललाई पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, सङ्ग्रहालयका प्रमुख अरूणा नकर्मी र राष्ट्रिय मुद्रा सङ्ग्रहालयका प्रमुख मायादेवी अर्याललगायतका पदाधिकारीले र नेपाली सेनाको सैनिक सङ्ग्रहालयमा पुग्दा नेपाली सेनाका बलाधिकृत निर्मलकुमार थापाले स्वागत गरेका थिए ।
सैनिक सङ्ग्रहालयमा सङ्ग्रहालय प्रमुख प्रमुख सेनानी गेलान लामा र राष्ट्रिय सङ्ग्रहालयमा प्रमुख नकर्मीले सङ्ग्रहालयका बारेमा जानकारी गराएका हुन् ।
Comments are closed.