भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी भन्सार यार्डमा राखिएका १५० युनिट गाडी बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी भन्सारमा राखिएका कन्टेनर र गाडी बगाएको छ । रसुवागढी भन्सारको यार्डमा जाँचपासका लागि राखिएका १५० युनिट जति गाडी बगाएको भन्सार कार्यालयले अनुमान गरेको छ ।

रसुवा भन्सारका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार निर्माणाधीन ड्राइपोर्ट र त्यहाँ राखिएका सबै गाडी बाढीले बगाएको छ । उनले यति नै मात्रामा गाडी बगायो भन्ने एकिन विवरण आइनसकेको तर, १५० युनिट जति गाडी बगाएको अनुमान गरिएको जानकारी दिए । जाँचपास गरेर राखिएका गाडी पनि बगाएको हुनाले ठ्याक्कै संख्या एकिन गर्न नसकिएको उनको भनाइ छ ।

‘जाँचपास गरेर राखिएका गाडी पनि थिए, डेढ सय युनिटजति गाडी बगाएको हाम्रो अनुमान छ’ प्याकुरेलले भने, ‘केही नयाँ कन्टेनर पनि आएका थिए, ति पनि बगाएको छ ।’

You might also like
Ram Tulasi Palpa

Comments are closed.