नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पेश गर्यो मन्त्री भण्डारीसमक्ष आधिकारिक पत्र

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीसमक्ष आधिकारिक पत्र पेश गरेको छ ।

संघले मन्त्री भण्डारीलाई १०० संख्या समाधानमा पहल गरिदिएकोमा धन्यवाद दिदै मागपत्र प्रमाणीकरण प्रक्रियामा देखिएका समस्या र जटिलता सम्बन्धी आधिकारिक पत्र पेश गरेको हो ।

विशेषतः परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा आएको समस्या तथा प्रमाणीकरणमा अत्यधिक ढिलाइ जस्ता विषयमा संघको तर्फबाट ध्यानाकर्षण गराउदै मागपत्र प्रमाणिकरणमा  Feims प्रणालीलाई नै पुनः कार्यान्वयन ल्याउने व्यवस्था मिलाउन समेत अनुरोध गरिएको छ ।

You might also like

Comments are closed.