काठमाडौं । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा लाग्ने सवारी साधनको वार्षिक करको दर यथावत राखेको छ । प्रदेश सरकारले चालु आवको बजेट कार्यान्वयनका लागि जारी गरेको आर्थिक विधेयक २०८२ मा वार्षिक सवारी कर हेरफेर नगरी चालु आवकै दरलाई निरन्तरता दिएको हो ।
लुम्बिनीमा सवारी साधनको प्रकृति अनुसार न्यूनतम रु २ हजार ५०० देखि अधिकतम रु ६५ हजारसम्म तिर्नुपर्नेछ । विधेयक अनुसार ५०० वाटदेखि १००० वाटसम्मको विद्युतीय मोटरसाइकल/स्कुटरले सबैभन्दा कम रु २ हजार ५०० वार्षिक कर तिर्नुपर्नेछ भने सबैभन्दा बढी ३५०० सीसीभन्दा माथिको गाडीले रु ६५ हजार तिर्नुपर्नेछ ।
आइसीईतर्फ निजी कार, जीप भ्यानमा १००० सीसीसम्म २२ हजार, १००० सीसी माथिदेखि १५०० सीसीसम्म २५ हजार, १५०० सीसी माथिदेखि २००० सीसीसम्म २७ हजार, २००० सीसी माथिदेखि २५०० सीसीसम्म ३७ हजार, २५०० सीसी माथिदेखि ३००० सीसीसम्म ५० हजार, ३००० सीसी माथिदेखि ३५०० सीसीसम्म ६० हजार र ३५०० सीसीभन्दा माथि सबै ६५ हजार रुपैयाँ कर लाग्नेछ । विद्युतीय निजी कार, जीप, भ्यानमा मोटर पीकपावर ५० किलोवाटसम्म रु ११ हजार, ५० देखि १२५ किलोवाटसम्म १७ हजार, १२५ किलोवाटदेखि २२५ किलोवाटसम्म रु २२ हजार र २२५ किलोवाटभन्दा माथि रु ३५ हजार सवारी कर लाग्नेछ ।
निजी मोटरसाइकलकमा १२५ सीसीसम्म ३ हजार १०० रुपैयाँ, १२५ सीसी माथिदेखि १५० सीसीसम्म रु ५ हजार १०० र १५० सीसी माथिदेखि २२५ सीसीसम्म रु ६ हजार ५०० पर्छ भने २२५ सीसी माथिदेखि ४०० सीसीसम्म रु ११ हजार, ४०० सीसीभन्दा माथि ६५० सीसीसम्म रु २० हजार र ६५० सीसीभन्दा माथि सबैमा रु ३० हजार कर लाग्नेछ ।
निजी डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेन जस्ता मेशनरी उपकरणले रु ४० हजार, ट्रिपर ३९ हजार, मिनिट्रिपर ३३ हजार, थ्री ह्वीलर/टेम्पो ४ हजार, ट्रयाक्टर ९ हजार, पावर टिलर ४ हजार ५००, मिनिबस/मिनिट्रक २७ हजार, ट्रक/बस ३६ हजार सवारी कर तिर्नुपर्छ ।
Comments are closed.