काठमाडौं । नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको ७०औं वर्षगाठ आउदै गर्दा नेपाल चीन प्रतिष्ठान र नेपाल व्यवसायी कलाकार संघबीच सहकार्य भएको छ । संघको कार्यालय बागबजारमा एक कार्यक्रमबीच बिहीबार सम्झौता भएको छ ।
सम्झौता पत्रमा प्रतिष्ठानका तर्फबाट अध्यक्ष मेल्सम ओझा र संघका तर्फबाट अध्यक्ष प्रेमलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
नेपाली कलाकार र चिनियाँ कलाकारबीच आपसी सहकार्य बढाउदै दुबै देशका कला र संस्कृतिको विकास गर्दै सदियौ पुरानो नेपाल चीन जनसम्बन्धलाई नया उचाईमा उठाउने प्रण गरिएको छ !
“कला र सँस्कृतिको विकासको लागि आवश्यक अनुसन्धान, योजना र कार्यान्वयन दुवै संस्थाले संयुक्त रुपमा गर्नेछौं भने प्रतिष्ठानले चीनमा रहेका कलाकारहरु समक्ष संघ, संघमा आवद्ध कलाकारका प्रतिभालाई परिचित गराउने काम गर्नेछ । त्यसको लागि चिनिया संस्था, सरकारी निकायसँग समन्वय गर्नेछ । चिनिया कलाकारलाई पनि नेपालसँग परिचित गराउनेछ,’ प्रतिष्ठानका अध्यक्ष मेल्सम ओझाले भने ।
सन् २००६ मा स्थापित नेपाल चीन प्रतिष्ठान र सन् १९९५ मा स्थापित नेपाल व्यवसायी कलाकार संघको यस सहकार्यले दुबै देशको कलालाई सम्बृद्द बनाउने विश्वास लिइएको छ ।
सहकार्यले दुई देशका कलाकारबीचको सम्बन्ध प्रगाढ बनाउन योगदान पुग्ने संघका अध्यक्षा श्रेष्ठले विश्वास व्यक्त गरे ।




Comments are closed.