हेटौँडा सिमेन्ट उद्योगको सञ्चालक सदस्यका लागि दरखास्त माग

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको सञ्चालक सदस्यका लागि दरखास्त आह्वान गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा सिमेन्ट उद्योगमा रिक्त रहेको दुई सञ्चालक सदस्य पदका लागि दरखास्त आह्वान गरेको हो । मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट सञ्चालक सदस्य पदपूर्तिका लागि दरखास्त आह्वान गरेको जनाइएको छ ।

इच्छुक र योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयभित्र सिंहदरबारस्थित मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

आवेदन दिनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको मन्त्रालयले जनाएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.