लुम्बिनीमा ट्राफिक उल्लङ्घनका घटनाबाट एक वर्षमा १७ करोड बढी राजस्व सङ्कलन

काठमाडौं । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले सवारी नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनबाट एक वर्षमा १७ करोड ८३ लाख ८३ हजार ४११ रुपैयाँ जरिवाना असुल गरेको छ ।

यो आर्थिक वर्ष ०८०/८१ को भन्दा ४१ लाख ४५ हजार ९१६ रुपैयाँ बढी आर्थिक वर्ष ०८१/८२ मा ट्राफिक सुरक्षा, दुर्घटना न्युनीकरण, प्रविधिमैत्री सेवा विस्तार र कानुनी कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेको कार्यालयले जनाएको छ ।

राजश्व असुलीसँगै ट्राफिक सचेतनामूलक कार्यक्रम, सवारी साधनको चेकजाँच, नक्कली चालक अनुमतिपत्र नियन्त्रण, ट्राफिक उपकरणको प्रयोग विस्तार र छाडा चौपाया व्यवस्थापनजस्ता अभियान सफलतापूर्वक सञ्चालन गरिएको जनाइएको छ ।

कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले आ.व. ०८१/८२ मा प्रदेशका १२ वटै जिल्लामा गरिएको जाँचको क्रममा सवारी नियम उल्लङ्घन गर्ने १ लाख ७० हजार ८० वटा सवारीसाधनबाट सो जरिवाना असुल गरिएको जानकारी दिएका छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.