दुईपाँग्रे सवारी आयातमा बृद्धि

काठमाडौं । दुईपाँग्रे सवारी आयात बढेको पाइएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा दुईपाँग्रे सवारी (मोटरसाइकल÷स्कुटर इन्जिन भएका) आयातमा उल्लेख्य वृद्धि भएको छ ।

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आवमा कुल २ लाख १ हजार ९५२ युनिट दुईपाँग्रे सवारी साधन आयात भएका हुन् । यो ०८०/०८१ को तुलनामा ५० प्रतिशत धेरै हो । अघिल्लो आवमा कुल १ लाख ३४ हजार ५३४ युनिट दुईपाँग्रे सवारी आयात भएको थियो ।

पछिल्लो समय अर्थतन्त्रमा क्रमशः सुधार आउन थालेसँगै दुईपाग्रे सवारी आयात पनि बढ्न थालेको हो । कोभिड १९ पछि खस्कदै गएको दुईपाँग्रे अटोमोबाइल बजार गतवर्षदेखि पुनः पुरानै लयमा फर्किने प्रयास गरेको हो । कोभिड अगाडि एकै वर्षमा साढे ३ लाख युनिटसम्म मोटरसाइकल÷स्कुटर आयात भएको तथ्याङ्क छ ।

आव ०८०/८१ आवको तथ्याङ्क हेर्दा सबैभन्दा ठुलो ग्रोथ १२५ सीसी सेग्मेन्टमा देखिन्छ । यो सेग्मेन्टमा झण्डै ५० प्रतिशतको आयात वृद्धि भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो आवमा १२५ सीसी सेग्मेन्टका ८४ हजार ६२७ युनिट आयात भएको देखाउँछ भने गत आवमा १ लाख २४ हजार २५० युनिट आयात भएको देखिन्छ ।

नेपालमा सबैभन्दा धेरे बिक्री हुने स्कुटर र मोटरसाइकल यही सेग्मेन्टमा पर्छन् । त्यस्तै, १२० सीसीदेखि २०० सीसीसेग्मेन्ट स्थिर जस्तै देखिएको छ भने २०० सीसीभन्दा माथिका मोटरसाइकलको बजार बढ्दो क्रममा देखिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.