इन्धन आयातमा विदेशियो सवा ३ खर्ब

काठमाडौं । इन्धन आयातमा एक वर्षमै ३ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ विदेशिएको छ । भन्सार विभागका अनुसार डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र अन्य प्रकारका इन्धन आयातमा उक्त रकम बराबर विदेशिएको हो ।

सरकारले इन्धन आयातका माध्यमबाट मात्र १ खर्ब २९ अर्ब ४३ करोड बराबर राजस्व उठाउन सफल भएको छ । यस आवमा कुल १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा ४ खर्ब ७७ अर्ब ९९ करोड राजस्व उठेको छ ।

वस्तुगत हेर्दा यस वर्ष सबैभन्दा धेरै मूल्यको डिजेल आयात भएको छ । कुल १ खर्ब २८ अर्ब ७६ करोड मूल्यको डिजेल आयात हुँदा सरकारले ५८ अर्ब ३८ करोड राजस्व उठाएको छ । त्यस्तै ६४ अर्ब १२ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ । जसबाट सरकारले ४२ अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ । खाना पकाउने ग्यास आयातमा ६२ अर्ब ५८ करोड विदेशिएको छ । राजस्व सङ्कलन ११ अर्ब ६७ करोड बराबर भएको छ ।

त्यसैगरी १८ अर्ब ७९ करोड रुपैयाँ बराबर हवाई इन्धन आयात भएको छ । जसबाट सरकारले २ अर्ब ९४ करोड राजस्व उठाएको भन्सार विभागको तथ्याङ्क छ । लुब्रिकेन्ट आयल ५ अर्ब ८१ करोड बराबर आयात भएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.