काठमाडौं । साताको चौथो कारोबारको दिन आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । आज बुधबार शेयर बजार नेप्से परिसूचक ९ दशमलव ६१ अंकले बढेर २९ सय ८३ दशमलव ३१ को विन्दुमा बन्द भएको छ । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३१९ कम्पनीको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता शेयर किनबेच गर्दा १९ अर्ब ५७ भन्दा माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ७८ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै दोस्रोमा शिवम् सिमेन्टको ७५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कमाउनेमा ट्रेड टावर, ग्रिन भेन्चर र सान्भि इनर्जीका लगानीकर्ता रहेका छन् । यी कम्पनीका लगानीकर्ताहरुले ९.९९/९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै भूगोल इनर्जी डेभपलमेन्टका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ३२ प्रतिशतका दरले गुमाएका हुन् ।
Comments are closed.