२७ विमानस्थल स्तरोन्नतिका लागि झण्डै १२ अर्बको बजेट

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले देशका २७ विमानस्थल (३ अन्तर्राष्ट्रिय र २४ आन्तरिक) लागि निर्माण तथा स्तरोन्नतिका लागि झण्डै साढे १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको बजेटमा पूँजीगत शीर्षकमा १२ अर्ब ३९ करोड बजेट छुट्याएको हो  प्राधिकरणले अन्तर्राष्ट्रियतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सबैभन्दा धेरै ६ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यस्तै, पोखरा विमानस्थललाई करिब ५१ करोड र प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २३ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्राधिकरणले २४ आन्तरिक विमानस्थल निर्माण तथा स्तरोन्नतिका लागि कुल ४९ करोड ९४ लाख रुपैयाँ विनियोजन गरेको छ । प्राधिकरणले निर्माणाधीन रहेको विराटनगर विमानस्थलका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यसैगरी, महेन्द्रनगर, भोजपुर, डोटी विमानस्थलको नयाँ टर्मिनल भवन तथा टावर निर्माण गर्न १/१ करोड रुपैयाँ बजेट छुट्याएको छ । रारा विमानस्थलको टर्मिनल बनाउन ५० लाख, जुम्ला विमानस्थलको जग्गा अधिग्रहणका लागि ४ करोड, भरतपुर विमानस्थलको सुदृढीकरण गर्न ४ करोड, सगरमाथा विमानस्थल निर्माणका लागि १ करोड, टिकापुर विमानस्थलको फेन्सिङ तथा टर्मिनल निर्माण गर्न ३ करोड, बाजुरा विमानस्थलको धावनमार्ग विस्तथा तथा जग्गा अधिग्रणका लागि १ करोड रुपैयाँ विनियोजना गरेको छ ।

प्राधिकरणले तेह्रथुम विमानस्थलका लागि १ करोड, नेपालगंज विमानस्थल ४ करोड, कमलबजार विमानस्थल २ करोड, ताप्लेजुङको सुकेटार विमानस्थल १ करोड, दार्चुलाको गाकुलेश्वर विमानस्थल २ करोड, महेन्द्र नगर विमानस्थल २ करोड, दाङको टारीगाउँ विमानस्थल १ करोड, भद्रपुर विमानस्थल १ करोड, सिमिकोट विमानस्थलका लागि ७ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

You might also like

Comments are closed.