काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा उजुरी परेको छ । विषय विज्ञता नभएको व्यक्तिलाई कानुन र प्रक्रिया मिचेर गभर्नर नियुक्ति गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।
गभर्नर पौडेलले पेश गरेको प्रमाण पत्रमा सफ्टवेयर इन्जिनियरिङ्गमा स्नातक तह, रिसोर्स एग्रिकल्चरमा स्नातकोतर तह र रिसोर्स एग्रिकल्चरमा नै विध्यावारीधिको उपाधि गरेकोले विषयगत विज्ञता तथा गभर्नरको लागि आवश्यक योग्यता कुनै प्रकारले पुष्टि नगर्ने उजुरीमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंक जस्तो अर्थतन्त्रको अति संवेदनशिल संस्थाको प्रमुखमा विषयगत विज्ञता नभएको गभर्नरले अर्थतन्त्र जोखिममा रहने र पुग्ने सम्भावनालाई नजरअन्दाज गर्न नमिल्ने उजुरीमा उल्लेख छ । राष्ट्र बैंक ऐन २०५८ सरकारबाट गठित समितिले उपदफा ३ बमोजिम गभर्नर नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रमा स्नातकोत्तर व्यक्तिहरु हुनुपर्ने उल्लेख छ । तर गभर्नर अधिकारीको सो बमोजिमको योग्यता नरहेको उजुरीमा लेखिएको छ ।
गभर्नरविरुद्धको उजुरीमा विभिन्न बैंक तथा वित्तीय संस्थामा मुख्य शेयर लगानीकर्ता रहेको, नेपाली काँग्रेसको दलको सदस्यता लिएको र राष्ट्र बैंकलाई नै नेपाली काँग्रेसको कार्यालय बनाउने काम भइरहेको, पौडेलले हाल प्रा.डा.लेख्न थालेको तर सो उपाधिमै आशङ्का देखिने बताइएको छ ।
Comments are closed.