काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि एकै पटक २९ वटा जहाज पार्किङ गर्न सकिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका विषयमा जानकारी गराउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जियिनर प्रदीप अधिकारीले यसबारे जानकारी गराएका हुन् ।
यसअघि इन्टरनेशनल पार्किङ एप्रोनमा ११ वटा मात्रै विमानहरु पार्किङ गर्न सकिन्थ्यो । अब न्यारोबडी १८ वटा, वाइडबडी र न्यारोबडी मिलाएर राख्दा ६६ वटा राख्न सकिने भएको छ । हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम भइरहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन विमानस्थलमा हवाई यात्रा गर्ने यात्रुको चाप अत्यधिक वृद्धि भएसँगै गुरुयोजना अध्यावधिक गरी क्रमिक रूपमा क्षमता विस्तारको कार्य गरिरहेको छ । विमानस्थलमा १५ अर्ब रुपैयाँ लागतको धावनमार्ग जोड्ने ट्याक्सी वे, समानान्तर ट्याक्सी वे, अन्तर्राष्ट्रिय एप्रोन, आन्तरिक एप्रोन, आन्तरिक वायुसेवाका लागि ह्यांगरलगायत निर्माण कार्य जारी छ ।
Comments are closed.