घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलामा एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर दुई हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार दुई हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.