काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी गुरुयोजनाका लागि बजेट अभाव हुन नदिने बताएका छन् ।
शुक्रबार रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै उनले लुम्बिनी विकास समयमै पूरा हुने बताएका हुन् । अब बजेटको अभावले लुम्बिनी विकासको काम नरोकिने समेत उनले जनाए ।
“लुम्बिनी गुरुयोजनाको बाँकी काम अब पूरा समय दिएर अघि बढाइनेछ । निश्चित समयमै काम सम्पन्न हुनेछ” उनले भने,–“पैसाको अभावले यो काम रोकिएको होइन, अब स्रोतको कमी बहानामा योजना थाँती राखिँदैन ।”
उपप्रधानमन्त्री पौडेलले लुम्बिनी गुरुयोजना केवल लुम्बिनी विकास कोषको दायराभित्र मात्र सीमित नभएको बताउँदै यसलाई समग्र क्षेत्रीय दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औँल्याए ।
Comments are closed.