काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
तोलामा ११ सय रुपैयाँले घटेर आज प्रतितोलामा १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार एक लाख ९४ हजार ७ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । प्रतितोलामा ५० रुपैयाँले घटेर आज प्रतितोला चाँदी २२ सय ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
Comments are closed.