काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार सुन १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी २ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।
Comments are closed.