बैंकिङ कसुरबाट जोगिन राष्ट्र बैंकको आग्रह

काठमाडौं । आफूले लिएको कर्जाको सदुपयोग गर्दै बैंकिङ कसुरबाट जोगिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ ।

केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सुचना जारी गर्दै बैंकिङ कसुरबाट जोगिनुपर्ने बताएको हो । राष्ट्र बैंकले कर्जा लिने व्यक्ति वा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनमा मात्र कर्जाको प्रयोग गर्नुपर्ने बताएको छ ।

तोकिएको प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरी वा गराई कर्जाको दुरूपयोग गर्नु वा गराउन नहुने सूचनामा उल्लेख छ । कर्जाको दुरूपयोग गर्नुलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ कसुर भएको मानिन्छ ।

यदि कसैले यस्तो कार्य गरेमा उक्त ऐनको दफा १५ को उप–दफा २ मा भएको व्यवस्थाअनुसार विगो भराई विगो बमोजिमको जरिवाना तथा कसुरको मात्राअनुसार कैद सजाय समेत हुन सक्ने व्यवस्था छ ।

You might also like

Comments are closed.