काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज (साउन १५ गते) देखि सर्वसाधारणका लागि आईपिओमा निष्कासन गर्न लागेको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् प्रतिशेयर १०० रुपैयाँको ३९ लाख ५० हजार साधारण शेयर निष्कासन गर्न नेपाल धितो पत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजनाबाट प्रभावित स्थानीयलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारी गएका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता शेयर बाँडफाँड गरिसकेको छ । सर्वसाधारणका लागि निष्कासन हुने २९ लाख १९ हजार ५०० कित्तामध्ये कम्पनीका कर्मचारीलाई ५८ हजार ३९० र सामूहिक लगानी कोषलाई १ लाख ४५ हजार ९७५ कित्ता सुरक्षित राखिएको छ ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणलाई बाँकीको १०० रुपैयाँको अंकित दरले २४ लाख २३ हजार १८५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरेको हो । जसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
आवेदन आजदेखि साउन १९ गतेसम्म दिन सकिनेछ भने आवेदन नपरेमा म्याद साउन २९ गतेसम्म लम्बाइनेछ । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
Comments are closed.