चितवन । भरतपुर महानगरपालिकाले २ स्थानबाट दमकल सेवा सञ्चालन गरेको छ । भरतपुर महानगरपालिकाको कार्यालय र पश्चिम चितवनको गुञ्जनगरमा दमकल राखेर सेवा दिने गरिएको छ ।
महानगरका वारुणयन्त्र अधिकृत देवेन्द्रराज रेग्मीका अनुसार यी दुई ठाउँबाट चितवन जिल्लाभरि नै र छिमेकी जिल्लामा समेत सेवा दिने गरिएको छ । उनका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा चितवन र नवलपुरमा गरेर १३३ आगलागीका घटना भएका थिए ।
महानगर कार्यालयमा रहेको दमकलले ९७ र गुञ्जनगरमा रहेको दमकलले ३६ ठाउँको आगो निभाएको थियो । कतिपय ठाउँमा आगो निभाउन दुवै दमकल प्रयोग गरिएका छन् । महानगरपालिकाको कार्यालयमा दुई र गुञ्जनगरमा एउटा दमकल रहेको छ ।
महानगरपालिकाको विपद् व्यवस्थापन शाखाप्रमुख बालकृष्ण थपलियाले गर्मी यामको समयमा हुन सक्ने आगलागीमा उद्धार, राहत तथा व्यवस्थापन कार्यसम्बन्धी सचेतनाका लागि कृत्रिम घटनाका अभ्यासमार्फत नागरिकलाई सचेत बनाइएको बताए ।
Comments are closed.