सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडां । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ९८ हजार ५ सय रुपैयाँमा कायम भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी २५ रुपैयाँले बढेर २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी २ हजार २८० रुपैयाँमा कायम भएको थियो ।

You might also like

Comments are closed.