काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीको कर्जा प्रवाहमा सुधार देखिएको छ । केन्द्रीय बैंकको साउन १८ र १९ गतेको तथ्याङ्कले बैंकिङ प्रणालीको कर्जा प्रवाहमा ४ अर्बको वृद्धि देखाएको हो ।
साउन १९ गते बैंकिङ प्रणालीबाट ५५ खर्ब ७४ अर्ब कर्जा प्रवाह भएको छ । अघिल्लो दिन ५५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । यस्तै, सो समयमा वाणिज्य बैंकको कर्जा प्रवाह भने स्थिर रहेको छ ।
अघिल्लो दिन ४९ खर्ब ४९ अर्ब कर्जा प्रवाह भएकोमा भोलिपल्ट पनि सोही रकम बराबरको कर्जा प्रवाह भएको छ । सो समयमा बैंकिङ प्रणालीको निक्षेप भने १ अर्ब रुपैयाँले बढेको छ । साउन १८ गते बैंकिङ प्रणालीमा ७२ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप सङ्कलन भएकोमा भोलिपल्ट १ अर्ब रुपैयाँले बढेको छ ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि १ अर्ब रुपैयाँले बढ्दै ६४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रीय बैंकको तथ्याङ्कअनुसार सो समयमा अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत र सिडी रेसियो ७६.१० प्रतिशत रहेको छ ।
Comments are closed.