काठमाडौं । सरकारले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भन्ने उद्देश्यले विशेष ध्यान दिएको बताएको छ ।
कृषि मन्त्रालयले दिएको जानकारी अनुसार तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा यसबारेमा जानकारी दिएका हुन् ।
कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ । जसमा युरिया १६ हजार ५३९ मेट्रिक टन मौज्दात रहेको छ । त्यस्तै डिएपी ७ हजार६ सय ५३ मेट्रिक टन मौज्दात छ । पोटास ४ हजार ९ सय १५ मेट्रिक टन मौज्दात रहेको छ ।
यस्तै साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात रहेको छ । जसअन्तर्गत १० हजार ९८४ मेट्रिक टन युरिया मौज्दात रहेको छ । डिएपी ९४२ मेट्रिक टन मौज्दात रहँदा पोटास १ हजार ७८५ मेट्रिक टन मौज्दात रहेको छ ।
Comments are closed.