नेपालगञ्ज–दिल्ली सीधा उडानका सम्बन्धमा छलफल

काठमाडौं । नेपालगञ्ज–दिल्ली सीधा उडानका सम्बन्धमा सर्वपक्षीय छलफल भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा काठमाडौंमा सर्वपक्षीय छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आउँदो भारत भ्रमणलाई केन्द्रित गरी नेपालगञ्ज–दिल्ली सीधा उडानका लागि पहल शुरू भएको छ ।छलफलमा राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध क्षेत्रका व्यक्ति सहभागी थिए । उनीहरुले नेपालगञ्ज–दिल्ली सीधा उडानले समग्र देशको आर्थिक समृद्धिमा टेवा पुग्ने भएकाले सरकारले गम्भीरताका साथ भारतसँग छलफल गर्नुपर्ने बताएका छन् ।

७ वर्षअघि सन् २०१८ मा नेपालगञ्जदेखि दिल्ली बुद्ध एअरले सीधा उडान सञ्चालन गरेको थियो । तर, उडान शुरू गरेको एक महिनापछि भारतीय अधिकारीहरूले ‘स्लट’ उपलब्ध गराउन नसकेपछि उडान स्थगित भएको थियो ।

त्यसयता बाँके, बर्दियासहित पश्चिम नेपालका जनप्रतिनिधिलगायतले स्थगित उडान पुनःसञ्चालनको माग गर्दै आएका छन् । नेपालगञ्ज–दिल्ली उडानमा भारतीय पक्षले चासो दिएको सम्बद्ध अधिकारीको भनाइ छ । नेपालगञ्ज–दिल्ली सीधा उडान हुँदा नेपाललाई मात्र नभई भारतीय पक्षलाई पनि फाइदा पुग्ने विज्ञहरुको भनाइ छ ।

उडान स्थगित हुनुमा भारतीय पक्षको सुरक्षा चासो भएकाले सुरक्षाको क्षेत्रका आशङ्का हटाइ भारतीय पक्षलाई प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीमार्फत विश्वास दिलाउनुपर्ने विज्ञहरुको सुझाव छ ।

You might also like

Comments are closed.