दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार १० अर्ब दुई करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब ११ करोड रुपैयाँ कमी आएको छ । आज ३२३ वटा धितोपत्रको एक करोड ७६ लाख ७१ हजार ५७५ कित्ता सेयर किनबेच भएको हो । मंगलबार २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ वटाको घटेको छ । यस्तै एक कम्पनी स्थिर रहेको छ। यसदिन सिटी होटेलको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ ।

उक्त कम्पनीको प्रतिकित्ता ६३६ रुपैयाँ २० पैसा कायम भएको छ। यस्तै, समाज लघुवित्तको मूल्य ४.३४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ७९२ रुपैयाँ ६३ पैसा पुगेको छ । सिक्लेस हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३२ रुपैयाँ ५१ पैसामा झरेको छ । यसैगरी, उन्नति सहकार्य लघुवित्तको मूल्य ८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ६६ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

मंगलबार नेपाल रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता एक हजार ५३५ रुपैयाँमा २६ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १.१८ प्रतिशत घटेको हो । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ ।

उक्त कम्पनीको प्रतिकित्ता एक हजार रुपैयाँमा २३ करोड ९६ लाख बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स समूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।

You might also like

Comments are closed.