नेपाल ब्युटिशियन संघ गण्डकीका पदाधिकारी तथा सदस्यलाई प्रमाण पत्र वितरण

गण्डकी । नेपाल ब्युटिशियन संघ गण्डकी प्रदेशस्तरिय नवनियुक्त कार्यसमितिलाई प्रमाण पत्र वितरण तथा हरितालिका तीज पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

शर्मिला रानाभाटको अध्यक्षतामा चयन भएका गण्डकी प्रदेशस्तरिय ब्युटिशियन संघका पदाधिकारी तथा सदस्यलाई प्रमाण पत्र वितरण गर्दै तीजको अवसरमा एकापसमा शुभकामना आदानप्रदान गरिएको हो ।

संघको उपाध्यक्षमा द्वय देवी न्यौपाने, तीर्थ घले, महासचिवमा ममता कार्की, कोषाध्यक्षमा मिलन अधिकारी, सहसचिवमा राधा हमाल रहेका छन् । यस्तै सदस्यहरुमा मन्जु कार्की, शान्ती बस्याल, शान्ती राना, प्रतिक्षा आले, ऋतु अधिकारी, निरु मल्ल, कल्पना श्रेष्ठ, प्रतिभा केसी, किरण गुरुङ र अनुषा गुरुङ चयन भएका छन् । संघको सल्लाहकारमा राकेश पुरी रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि सांसद सरस्वति गुरुङ, ट्रेड युनियन गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, नेपाली कांग्रेस जिल्ला सहसचिव रमेश सिग्देल, शंकर ढुंगाना, ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष कमल सापकोटा, लालबहादुर ठाकुर, गण्डकी प्रदेश सरकारको स्वायक्त संस्था गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद् सदस्य प्रशिक्षक अधिवक्ता सरिता तिम्सिना पगेनी, केन्द्रीय संस्थापक अध्यक्ष भगवती खड्का लगायतले नवगठित पदाधिकारी तथा सदस्यलाई बधाई तथा शुभकामना दिदै सफल कार्यकालको कामना गरेका छन् ।

ममता कार्कीको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन देवी न्यौपानेले गरेकी हुन् । कार्यक्रम शर्मिला रानाभाटको अध्यक्षतामा सम्पन्न भएको हो ।

You might also like

Comments are closed.