‘फोर्टी अन्डर ४०’ मा होर इस्पोर्ट्सका सञ्जन गौतम सम्मानित

काठमाडौं । सीआर सेभेन होर नामले परिचित होर इस्पोर्ट्सका संस्थापक तथा ओनर सञ्जन गौतम ‘फोर्टी अन्डर ४०’ २०८२ मा सम्मानित भएका छन् ।

नेपालमा इस्पोर्ट्सको विकास र पहिचानमा उनले पुर्याएको योगदानको कदर गर्दै अनलाइनखबरले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई विशेष सम्मान गरेका हुन् ।

राजनीति, समाज, कला–साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यमशीलता र प्रवास लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका ४० वर्षमुनिका ४० व्यक्तिलाई सम्मान गरिने ‘फोर्टी अन्डर ४०’ को यो दोस्रो संस्करण हो ।

हालै सम्पन्न पब्जी मोबाइल वल्र्ड च्याम्पियनशिप पीएमडब्लूसी २०२५ मा होर इस्पोर्ट्सले नेपालको प्रतिनिधित्व गर्दै ऐतिहासिक सफलता हासिल गरेको थियो । साउदी अरबको रियादमा भएको सो अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा विश्वका उत्कृष्ट टोलीहरूमाझ प्रतिष्पर्धा गर्दै नेपाली टोलीले उत्कृष्ट कौशल र रणनीति देखाउँदै नवौं स्थान सुरक्षित गरेको थियो ।

सो उपलब्धिसँगै होर इस्पोर्ट्सको टिमले करिब १ करोड ७८ लाख रुपैयाँ नगद पुरस्कार जितेको थियो, जुन नेपाली इस्पोर्ट्स इतिहासकै सबैभन्दा ठूलो उपलब्धिमध्ये एक मानिन्छ । यस सफलताले नेपालको इ–स्पोट्र्स उद्योगका लागि नयाँ बाटो खोलेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभा विश्वकै उत्कृष्ट टोलीसँग काँधमा काँध मिलाएर प्रतिष्पर्धा गर्न सक्ने क्षमता भएको यसले प्रमाणित गरिदिएको छ । यस उपलब्धिले हजारौं युवा गेमरलाई प्रेरित गरेको छ र नेपाललाई अन्तर्राष्ट्रिय इस्पोर्ट्स मानचित्रमा दृढ रूपमा स्थापित गरिदिएको छ ।

पब्जी मोबाईल साउथ एसिया पब्लिशिङका लिड आइज्याकले ‘फोर्टी अन्डर ४०’ अन्तर्गत सम्मानित भएकोमा सञ्जन गौतमलाई बधाई दिदै होर इस्पोर्ट्सर्फत नेपालमा इ–स्पोट्र्सको विकासमा उनले पु¥याएको योगदान उल्लेखनीय रहेको बताए । टेन्सेन्टले इस्पोर्ट्सको क्षेत्रमा यस्तै दूरदर्शी प्लेयरहरूलाई समर्थन गर्दै आएको छ । होर इ–स्पोट्र्स, डीआरएस गेमिङ र ट्राइब एरोमेसी जस्ता टोलीमार्फत नेपाल अन्तर्राष्ट्रिय स्तरमा उदाउँदो शक्ति बन्दै गएको छ ।

इस्पोर्ट्सलाई युवाका लागि वैध र दिगो करियर विकल्प बनाउन गौतम लामो समयदेखि सक्रिय छन् । होर इस्पोर्ट्सबाट उनले व्यवस्थित कार्यक्रम र रणनीतिक नेतृत्वद्वारा यस्ता विश्वस्तरीय प्रतिभा उत्पादन गरेका छन् । जसले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्ने क्षमता राख्दछन् ।

सामान्य गेमरबाट सुरु भएको गौतमको अन्तर्राष्ट्रिय यात्राले दृष्टि, समर्पण र धैर्यता भए नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेको छ । होर इस्पोर्ट्सको सफलताले प्रतिष्पर्धात्मक उपलब्धिको साथै थुप्रै प्रायोजन, ब्राण्ड साझेदारी र मिडिया भिजिबिलिटि जस्ता नयाँ अवसरहरू पनि खोलेको छ ।

यसले नेपालको इस्पोर्ट्स पूर्वाधारमा थप लगानीको बाटो खोल्ने अपेक्षा गरिएको छ । गौतमलाई प्रदान गरिएको यो सम्मानले नेपालमा इस्पोर्ट्सलाई समाज र सरकार दुबैको बढ्दो मान्यता मिलिरहेको सन्देश पनि दिएको छ ।

You might also like

Comments are closed.