प्रतितोला रु १३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २२ सय ९० रुपैयाँ कायम भएको छ । हिजो चाँदी २२ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।

You might also like

Comments are closed.