चाडपर्वहरूको संरक्षण, संवर्द्धन र निरन्तरतामा लागिरहनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा धेरै परिवर्तन आइसकेको भन्दै मान्छेले मिठो खान, राम्रो लगाउन चाडपर्व नै कुर्नु पर्ने अवस्थाको अन्त्य होस् भनेरै हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताएका छन् ।

शीतल निवासमा शुक्रबार आयोजित तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधान, ऐन र नियमावलीमा महिला सम्बन्धमा धेरै हक अधिकारको व्यवस्था भइसकेको र अब प्रभावकारी कार्यान्वयनमा हामीले ध्यान केन्द्रित गर्न जरुरी रहेको बताएका हुन् ।

राष्ट्रपति पौडेलले संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण, संवर्द्धन र निरन्तरतामा लागिरहनुपर्ने बताए । विगतका दिनमा असार श्रावणमा खेतीपातीमा व्यस्त रहने महिलाहरू भाद्र महिनामा पर्ने यस चाड आएपछि घरबाट बिदा लिएर माइती जाने र मिठो खाने तथा राम्रो लगाउने गरेर यो चाड मनाउने गरेको स्मरण गरे ।

उनले भने, ‘त्यस्तै, घरमा पाएका दुःख, कष्ट र बुहारतनका विषयमा गीतको माध्यमद्वारा आफ्नो वेदना पोख्दथे ।’

You might also like

Comments are closed.