बागमती । मकवानपुरका स्थानीय तहहरूले आर्थिक वर्ष २०८१/८२ मा सशर्त अनुदानतर्फ खर्च गर्न नसकेको रु. ३२ करोड २२ लाख फिर्ता गरेको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लाका १० वटै स्थानीय तहहरूले आव २०८१/८२ मा खर्च गर्न नसकेको सो रकम फिर्ता गरेको हो ।
आव २०८१/८२ मा सशर्त अनुदानतर्फ रु. दुई अर्ब ९४ करोड, वित्तीय समानीकरण अनुदानतर्फ रु. एक अर्ब १२ करोड ३४ लाख, समपूरक अनुदानतर्फ रु. पाँच करोड ५७ लाख रहेको छ ।
विशेष अनुदानतर्फ रु. तीन करोड ५० लाख भुक्तानी गरिएकामा खर्च गर्न नसकेर रु. ३२ करोड २२ लाख फिर्ता आएको हेटौँडाका कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख दिनेश रेग्मीले जानकारी दिए ।
Comments are closed.